काठमाडौं । लिटिल एन्जल्स (एलए) ले दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन एलएले सिद्धार्थ बनस्थलीलाई ३–० ले पराजित गर्दै उपाधि रक्षा गर्यो । एलएले उपाधि जितेको लगातार तेश्रो पटक हो ।
फाइनलको ‘म्यान अफ द म्याच’ एलएका तुसानमान सिंहले २ गोल गरे । बाँकी १ गोल प्रसुन तुलाधरले थपे । व्यक्तिगत विधातर्फ डिफेन्समा एलएका दिवस घर्ती मगर, मिडफिल्डमा सिद्धार्थ बनस्थलीका जेनिश रेग्मी, स्ट्राइकरमा एलएका प्रसुन तुलाधर, प्रशिक्षकमा एलएका राजेन्द्र कार्की र गोलरक्षकमा सिद्धार्थ बनस्थलीका अनिकेत तामाङ उत्कृष्ट चुनिए । टाइमलाइनले अनुशासित टिमको उपाधि हात पार्यो ।
विजेतालाई केन्द्रीय प्याब्सनका उप–महासचिव आरबी कट्वाल, लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन ११ गतेदेखि सुरु प्रतियोगितामा कुल १२ टिम सहभागी थिए ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै