News
सन्तोष निर्णायक बन्दा तालतलैया सेमिफाइनलमा

सुकचर । तालतलैया फुटबल एकेडेमी, इटहरी, सुनसरी यहाँ जारी तेस्रो सुकचर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
तालतलैयाले बिराटनगर सिटी फुटबल क्लब, मोरङलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । बुढीगंगा खेलमैदानमा भएको खेलमा तालतलैयाका लागि सन्तोष न्यौपानेले एक मात्र निर्णायक गोल गरे ।
निर्णायक गोलकर्ता तालतलैयाका सन्तोष न्यौपाने नै खेलको म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तरगत असोज १ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल चुलाचुली फुटबल क्लब, झापा र आयोजक नवयुवा क्लब, बुढीगंगा, मोरङबीच हुनेछ ।
नवयुवा क्लब सुकचर–११, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ६ गतेका दिन हुनेछ ।
Post Comments
Related News