शिवसताक्षी, झापाले नेपाली फुटबलमा राम्रा खेलाडी जन्माएको छ । फुटबल खेलमा झापालीको क्रेज पनि राम्रो छ । झापा गोल्डकप, भद्रपुर-झापा गोल्डकप, सताक्षी गोल्डकप जस्ता प्रतिष्ठित गोल्डकपहरु पनि झापामा हुने गरेको छ । जहाँ दर्शकको उपस्थितिले नै पुष्टि गर्छ झापामा फुटबल प्रेमी कति छन् भनेर । हिउँदमा गोल्डकपमा रमाउँछ, झापा । बर्खामा पनि विभिन्न स्तरका प्रतियोगिता भइरहेका हुन्छन् । जसमा पनि दर्शकको राम्रो सहभागिता रहन्छ ।
झापामा फुटबल प्रतियोगिता युवाका लागि मात्र हुँदैन भेट्रानका लागि पनि आयोजना हुन्छ । जसले नियमित खेल जीवनबाट टाडा रहेका भेट्रान खेलाडीलाई पुनः खेलमैदान फर्काउँछ । भेट्रानहरुलाई खेलमैदानमा पुनः फर्काउनका लागि शिवसताक्षी नगरपालिका- ३ को भेट्रान क्लबले नगरस्तरीय भेट्रान फुटबल प्रतियोगिता गर्ने भएको छ । दसैँको अवसर पारेर शिवसताक्षी-३ स्थित पाराबारीमा फुटबल प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष मनकुमार लिम्बु (तारा)ले जानकारी दिए । दसैँको अवसरमा असोज २४ देखि ७ दिनसम्म हुने प्रतियोगिताको तयारी तीव्र पारिएको उनले बताए ।
‘भेट्रानलाई मैदानमा उतार्ने हाम्रो योजना छ । तयारी तीव्र रूपमा गरिरहेका छौँ । सबैको साथ सहयोग आवश्यक छ,’ उनले भने, ‘हामी प्रतियोगिता भव्य गर्ने तयारीमा छौँ ।’ प्रतियोगिता शिवसताक्षी-३ स्थित भानु माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । प्रतियोगितामा मेचीनगर, भद्रपुर, बिर्तामोड, कन्काई, दमक नरपालिकाको भेट्रान टिम र आयोजकका दुई टिम मोरङको उर्लाबारीसहित ८ वटा टिमको सहभागिता रहने उनले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रा हुनेले नगद ३० हजा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका लागि ४ लाख बजेट लाग्ने अनुमान गरिएको खेल संयोजक लासाङ दोर्जे तामाङले जानकारी दिए ।
शिवसताक्षी- ३ का वडाध्यक्ष भाष्कर न्यापानेले प्रथम पुरस्कार वडा कार्यलयले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । यस्तै, दोस्रो पुरस्कार हाल वैदेशिक रोजगारमा रहेका स्थानीय समाजसेवी डम्बर पयाङगुले उपलब्ध गराउने आयोजकले जनाएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा