News
चौथो सहयोगी युवा समाज फुटसल प्रतियोगिता हुँदै

काठमाडौं । नेनोको आयोजनामा यही असोज ५ गते शुक्रबारका दिन चौथो सहयोगी युवा समाज फाईभ ए साईड फुटसल प्रतियोगिता हुने भएको छ ।
कान्तिपुर फुटसलमा हुने प्रतियोगितामा सहभागिताका लागि यही असोज २ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४५०० तोकिएको छ ।
एक दिने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments