News
जेब्रिन र अमिनुले एफसी चितवनका लागि खेल्ने

काठमाडौं । बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि घानाका दुई खेलाडी टोरिक जेब्रिन र रफिक अमिनुले एफसी चितवनका लागि खेल्ने भएका छन् ।
चितवनले बिहीबार मात्रै आफ्नो आधिकारिक पेजमार्फत यी दुई खेलाडीलाई अनुवन्ध गरेको कुरा घोषणा समेत गरेको छ । यी दुवै खेलाडीले केही महिना अघि सम्पन्न शहिद स्मारक ए डिभिजन लिगमा फ्रेण्डस क्लबका लागि खेलेका थिए ।
स्मरण रहोस, एफसी चितवनको मार्की खेलाडीमा भने अनुभवी गोलरक्षक बिशाल श्रेष्ठ अनुवन्धित भईसकेका छन् ।
नेपाल सुपर लिगको खेलाडी लिलामी यही असोज १९ गतेका दिन हुँदैछ । प्रतियोगिता भने आउँदो मंसिर ८ गतेदेखि शुरु हुने आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले यसअघि नै घोषणा गरिसकेको छ ।
Post Comments
Related News
- एन्फाका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठको स्मृति सभा सम्पन्न
- टोलीको प्रदर्शनबाट एन्फा सन्तुष्ट, समस्या निराकरणका लागि सबै एकजुट हुन आवश्यकः एन्फा उपाध्यक्ष लामा
- राष्ट्रिय पुरुष फुटबल टोलीको विदाई
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फाइनल स्क्वाड घोषणा
- खेल पत्रकार हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण