
पोखरा । एट टु नाईन गाईजको आयोजनामा सम्पन्न भएको प्रथम खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि लामागाउँले जितेको छ ।
उपाधि जित्ने क्रममा लामागाउँले रामघाटलाई सडन डेथमा हरायो । त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
त्यसपछि टाईब्रेकरमा पनि नतिजा निस्किन नसकेपछि सडन डेथमा लामागाउँले ३–२ को जित निकाल्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
विजेता बनेको लामागाउँले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता रामघाटले ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
लामागाउँका अञ्जन क्षेत्री फाइनल खेलको म्यान अफ द म्याच र उत्कृष्ट गोलरक्षक चुनिए । लामागाउँ कै अनुज भण्डारीले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे ।
रामघाटका विशन गुरुङले प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीको पुरस्कार हात पार्दा माछापुच्छ्रे त्रिशक्ति युनाइटेडले फेयर प्ले पुरस्कार प्राप्त गर्यो ।
नेपालकी रग्बी खेलाडी यशोदा बोहोराको उपचारका लागि सहयोगार्थ आयोजना गरिएको प्रतियोगितामा कुल ३९ टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता आयोजनाबाट बचत भएको रकम रग्बी खेलाडी बोहोराको उपचारमा खर्च गरिने पनि आयोजकले जानकारी दियो ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड