News
दोस्रो गबुवा कप हुँदै

कटारी । गबुवा स्पोर्टस क्लब, कटारी–४, गबुवा, उदयपुरको आयोजनामा यही असोज २६ गतेदेखि दोस्रो गबुवा कप खुला नकआउट फुटबल प्रतियोगिता हने भएको छ ।
बिजयादशमीको अवसर पारी आयोजना हुन गईरहेको प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी जानकारी दियो । प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क ६,६६६ रुपैयाँ तोकिएको छ ।
कटारी–४, गबुवा स्थित स्थानीय खेलमेदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६६,६६६ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ४४,४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments