News
नेपाल आईपुगिन साबित्रा
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड साबित्रा भण्डारी इजरायलबाट नेपाल फर्किएकी छिन् ।
इजरायलको शिर्ष महिला लिगमा हापोएल रा’नानाबाट व्यवसायीक फुटबल खेलिरहेकी साबित्रा यहाँ विद्रोही समूह हमास र इजरायलबीच युद्ध शुरु भएपछि त्यहाँ सरकारी पक्षको रोहवरमा सुरक्षित स्थानमा बसिरहेकी थिईन् ।
यद्यपि साबित्रालाई नेपाल फर्काउने प्रयास भने जारी रहेको थियो र अन्ततः उनी स्वदेश फर्किन भईन् । साबित्रालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह लगायत अन्य पदाधिकारीहरुले विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।
सकुशल स्वदेश फर्किन पाएकोमा साबित्राले खुशी व्यक्त गरिन् । साथै उनले सबैलाई धन्यवाद र आभार समेत प्रकट गरिन् ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)