फुङलिङ । कर्ण सिंह सोनाम क्लब, फुङलिङ, ताप्लेजुङको आयोजनामा यही कार्तिक १७ देखि २० गतेसम्म दोस्रो स्व. चन्द्र बहादुर नेयोङहाङ स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
फुङलिङ नगरपालिका–४ स्थित पाथीभरा बहुमुखी क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिताको यही कार्तिक १४ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३००५ तोकिएको पनि आयोजकले जनाएको छ ।
एन्फा ताप्लेजुङको प्राविधिक सहयोग रहने प्रतियोगितामा जिल्ला खेलकुद संघ र जिल्ला फुटबल संघमा आवद्ध भएका क्लबहरुलाई मात्र सहभागि गराईने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई