News
स्टेफेनले बुटवल लुम्बिनीका लागि खेल्ने
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) का लागि बुटवल लुम्बिनी फुटबल क्लबले क्यामरुनी फरवार्ड स्टेफन समिर बिनोङलाई क्लबमा आवद्ध गरेको छ ।
स्मरण रहोस, २६ वर्षिय स्टेफनले नेपाल सुपर लिगको पहिलो संस्करण काठमाडौं रेजर्सका लागि खेल्दै टोलीलाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
गत संस्करणको शहिद स्मारक ए डिभिजन लिग भने उनले एफसी खुमलटारका लागि खेलेका थिए । त्यसअघि उनले न्युरोडटिम (एनआरटी) का लागि नेपालको शिर्ष लिगमा आफ्नो खुबी देखाईसकेका छन् ।
बुटवल लुम्बिनीको मुख्य प्रशिक्षकमा विजय महर्जन रहेका छन् भने मार्की खेलाडीमा एरिक बिष्ट छन् । त्यस्तै क्लबले आशिष लामालाई आइकोनिक खेलाडीका रुपमा अनुवन्ध समेत गरिसकेको छ । नेपाल सुपर लिगको दोस्रो संस्करण आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न