News कोलबोटे र चुलाचुली दीपावली कपको फाइनलमा
रमेश समदर्शी

फाकफोकथुम गाउँपालिका ७ स्थित दोकान डाँडामा खेलकुद विकास समितिले आयोजना गरेको शुभ दीपावली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

जनकल्याण माविको खेलमैदानमा शुक्रबार भएको दुवै सेमिफाइनल खेलमा कोलबोटे र चुलाचुली फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा कोलबोटेले फाल्गुनन्द एफसीलाई २-०गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

साविक विजेतालाई पराजित गर्न दुवै गोल शुकराज राईले गरेका हुन् । उनी खेलको मयान अफ दी म्याच बन्दै नगद पुरस्कार पाउन सफल भए ।

मकले जुनतारा एफसी माङसेबुङलाई ३-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्ने तेस्रो टिम बन्यो ।

यस्तै, अन्तिम सेमिफाइनल खेलमा चुलाचुलीले आङसराङ फाइभ स्टार एफसीविरुद्ध ३१ गोलअन्तरले स्पष्ट जित निकालेको हो ।

चुलाचुलीका लागि दिवश श्रेष्ठले एक गोल गरे भने अनिल भण्डारीले २ गोल गरेका हुन् । आङसराङका लागि मदन लिम्बूले मात्र गोल गरेका थिए ।

प्रतियोगितामा १६ टोली सहभागी प्रतियोगितामा विजेताले नगद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजारमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments