काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता अन्तर्गत नेपालले समूह चरणको शुरुवाती दुई खेल मै हार बेहोरेको छ । समूह एच मा रहेको नेपालले मंगलबार पहिलो घरेलु म्याचमा यमनसँग शून्यका विरुद्ध २ गोलले पराजित हुन पुगेको हो ।
दशरथ रंगशालमा समर्थकहरुको बलियो साथ पाएको नेपालले यमनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोके तापनि दोस्रो हाफको अन्तिमतिर सम्हालिन सकेन । यमनका लागि ७२ र ९०औं मिनटमा मोहम्मद अल–दाहीले लगातार दुई गोल गर्दै पाहुना टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए ।
छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो आगामी खेल सन् २०२४ को मार्च २१ तारीखका दिन बहराईनसँग खेल्नेछ । छनौट प्रतियोगितातर्फ नेपालको समूहमा युएई, यमन र बहराईन सामेल छन् । नेपालले होम र अवेका आधारमा कुल ६ खेलहरु खेल्ने कार्यक्रम छ ।
स्मरणीय छ, नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा गत साता मात्रै युएईसँग ४–० को हार बेहोरेको थियो ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)