काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता अन्तर्गत अन्य दुई दक्षिण एसियाली राष्ट्र भारत र पाकिस्तानले मंगलबार हारको सामना गर्दा बंगलादेशले भने महत्वपूर्ण बराबरी खेलेको छ ।
छनौट प्रतियोगिता अन्तर्गत समूह ए मा रहेको भारतले आफ्नो पहिलो खेलमा गत साता कुवेतलाई १–० ले हराए तापनि मंगलबार भुवनेश्वर स्थित आफ्नै घरेलु मैदान कालिंगा स्टेडियममा बलियो कतारसँग ३–० ले पराजित हुन पुग्यो ।
त्यस्तै समूह जी मा रहेको पाकिस्तानले भने मंगलबार घरेलु मैदान इस्लामाबादमा भएको खेलमा ताजिकिस्तानसँग ६–१ ले पराजित हुन पुग्यो । स्मरणीय छ, पाकिस्तानले गत साता समूह चरणको पहिलो खेलमा बलियो साउदी अरेबियासँग उसकै घरेलु मैदानमा ४–० को हार बेहोरेको थियो ।
त्यसैगरी समूह आई मा रहेको बंगलादेशले मंगलबार घरेलु मैदान ढाकामा सम्पन्न खेलमा बलियो लेबनानसँग १–१ को बराबरी खेल्दै अंक खोसेको छ । त्यसअघि बंगलादेशले गत साता नै समूह चरणको आफ्नो पहिलो खेलमा अष्ट्रेलियासँग ७–० ले पराजित भएको थियो ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक