
षडानन्द । बाला चतुर्दशी (सतबीज मेला) को अवसर पारी वडा खेलकुद विकास समिति, षडानन्द नगरपालिका–६, भोजपुरको आयोजनामा यही मंसिर २० देखि २४ गतेसम्म तेस्रो बाला चतुर्दशी कप खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
षडानन्द नगरपालिका–६, भोजपुर स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको यही मंसिर १८ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७१ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीलै ३१ हजार तथा सान्त्वना पुरस्कार वापत नगद ११ हजार प्रदान गरिने आयोजक समितिका अध्यक्ष दिपेन्द्र बस्नेतले जानकारी दिए ।
त्यसवाहेक व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।