काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ अंकविहीन रुपमा संघर्ष गरिरहेको नवप्रवेशी टोली बिरगंज युनाइटेड फुटबल क्लबले मंगलबार आफ्नो खातामा पहिलो अंक जोडेको छ ।
दशरथ रंगशालामा भएको एक मात्र खेलमा यस सिजनको दावेदार मध्ये एकका रुपमा हेरिएको ललितपुर सिटी फुटबल क्लबलाई २–२ गोलको रोमाञ्चक बराबरी रोक्दै बिरगंजले पनि लिगतालिकामा खाता खोलेको हो ।
खेलमा शुरुवाती अग्रता पनि बिरगंजले लिएको थियो । खेलको दशौं मिनटमा विलियम ओपोकुको गोलबाट बिरगंजले खेलमा अग्रता बनायो । तर, लगतै लगातार दुई गोल खान पनि पुग्यो ।
ललितपुरका लागि १३औं मिनटमा इमोह इजेकिलले बराबरी गोल फर्काए भने २७औं मिनटमा निखिल कदमले ललितपुरका लागि दोस्रो गोल गर्दै पाटने क्लबलाई खेलमा अग्रता दिलाए ।
पहिलो हाफसम्म ललितपुरले सोही अग्रता कायम पनि राख्यो । तर दोस्रो हाफको ५२औं मिनटमा कृपाकान्त थारुले बिरगंजका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।
खेलमा बिरगंजका विलियम ओपोकु म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै