News
वैवाहिक बन्धनमा राष्ट्रिय फुटबलर शर्मिला
काठमाडौं । राष्ट्रिय महिला फुटबल खेलाडी शर्मिला मगर पनि वैवाहिक बन्धनमा बाँधिएकी छिन् । त्रिभुवन आर्मी फुटबल क्लबमा जागिरे र आर्मी क्लब कै महिला फुटबल टोलीबाट व्यवसायीक फुटबल खेल्ने शर्मिलाले शनिबार विवाह गरेकी हुन् ।
शर्मिालाले आफ्नो प्रेमी रोशन रानासँगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् । शर्मिलाका अनुसार उनको श्रीमान रोशन पनि आर्मी मै कार्यरत छन् । आर्मी क्लबकी नियमित कप्तान र फरवार्ड समेत रहेकी शर्मिलाले फुटबल करियरलाई अझै निरन्तरता दिने पनि बताईन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै