काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) मा यस सिजन अपराजित रहेको ललितपुर सिटी फुटबल क्लबले आइतबार उत्कृष्ट जितका साथ शिर्ष स्थानमा कब्जा जमाएको छ ।
दशरथ रंगशालामा भएको एक मात्र खेलमा ललितपुरले एफसी चितवनमाथि ३–१ को प्रभावशाली जित निकाल्यो । खेलको २०औं मिनटमा पापा केबेको गोलबाट ललितपुरले नै खेलमा अग्रता बनाएको थियो ।
त्यसपछिका सबै गोलहरु दोस्रो हाफमा सम्पन्न भए । ५७औं मिनटमा बिबेक पौडेलले ललितपुरका लागि दोस्रो गोल थपे । जुन गोल ललितपुरको जितका लागि ठोस आधार बन्यो ।
८९औं मिनटमा रफिक अमिनुले चितवनका लागि गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तर सफल भएनन् । पापा केबेले लगतै अन्तिमतिर इन्जुरी समयमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
खेलमा ललितपुरका बिबेक पौडेल म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।
यो नतिजापछि ५ खेलबाट ९ अंक जोडेको ललितपुर लिगतालिकाको शिर्ष स्थानमा उक्लेको छ । र, दोस्रो स्थानको टोली धनगढी भन्दा एक अंकले अगाडी छ । उता पराजित चितवन भने ५ अंकका साथ छैठौं स्थानमा छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै