News
एनएसएलमा आजः शिर्षताको होडमा बुटवल, पहिलो जितको खोजीमा झापा
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ आज हुने एक मात्र खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटबल क्लब भिड्दै छन् । दशरथ रंगशालामा साँझ ५ बजेदेखि शुरु हुने आजको खेलमा बुटवललाई शिर्ष स्थानमा उक्लिने अवसर छ भने झापा पहिलो जितको खोजीमा छ ।
लिगतालिकामा ५ खेलबाट ७ अंक जोडेको बुटवल पाँचौं स्थानमा छ । र, आज जित हात पार्न सके ९ अंकका साथ शिर्ष स्थानमा रहेको ललितपुरलाई पछि पार्दै बुटवल शिर्ष स्थानमा उक्लिने छ । उता शुरुवातबाटै संघर्ष गरिरहेको झापा ४ खेलबाट ३ अंकका साथ लिगतालिकाको आठौं स्थानमा छ । र, आज पहिलो जितको खोजीमा हुनेछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै