खडक । रौतहट जिल्ला फुटबल संघ, रौतहट यहाँ जारी प्रथम खडक उपमेयर महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
चौथो तथा अन्तिम क्वाटरफाइनलतर्फ रौतहटले रोयल स्र्पोटिङ क्लब, झापालाई टाईब्रेकरमा ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलमा रौतहटकी गोलरक्षक उषा थापा प्लेयर अफ द म्याच घोषित भईन् । प्रतियोगिता अन्तरगत पुस ६ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल आयोजक नमो बुद्ध युथ क्लब, सप्तरी र गाईघाट फुटबल क्लब, उदयपुरबीच हुने आयोजकले जानकारी दियो ।
नमो बुद्ध युथ क्लब, सप्तरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १०११०१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५११११ रुपैयाँ प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पुस ९ गतेका दिन हुनेछ ।
- सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
- सतिसाले र बसाहा तेस्रो सप्तकोशी गोल्डकपको फाइनलमा भिड्ने
- बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
- सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा