News एएफसी सी डिप्लोमा कोचिङ कोर्ष सम्पन्न
गोलनेपाल

धरान । फुटबल प्रशिक्षणमा लाग्न चाहनेहरुलाई लक्षित गरी कोशी प्रदेश फुटबल संघको आयोजनामा भएको दोस्रो चरणको पाँच दिने एएफसी सी डिप्लोमा कोचिङ कोर्ष सम्पन्न भएको छ ।

कोर्षमा सहभागिता जनाएकाहरुले फुटबल प्रशिक्षण सम्बन्धी जानकारी, अभ्यास र फुटबल प्रशिक्षणबारे आवश्यक महत्वपूर्ण ज्ञान पनि हासिल गरेका थिए । यो कोचिङ कोर्षले फुटबल प्रशिक्षणमा लाग्न चाहनेहरुका लागि थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।

समापन कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरन लगायतका अतिथीहरुले पनि उपस्थिति रहेको थियो । उनीहरुले कोष गरेका सबै सहभागिहरुलाई बधाईसँगै शुभकामना दिएका थिए ।

 

Post Comments