News
सैनिक आवासीय र वाल्मिकी शिक्षा सदन उपाधिका लागि भिड्ने

चितवन । फुटबल खेलको आधारभूत तहदेखि नै विकास गर्ने उद्देश्यले सुरु भएको ‘पिएफसी इमर्जिङ कप’को सेमिफाइनल खेलहरु सम्पन्न भएको छ।
चितवनको पटिहानी फुटबल क्लबले गत सालबाट सुरु गरेको यस प्रतियोगितामा यसपटक जिल्लाका १६ माध्यमिक विद्यालयहरू सहभागी छन्।
भरतपुर– १४ को सुन्दरबस्ती खेलमैदानमा भएको सो प्रतियोगिताको पहिलो सेमिफाइनल बाट सैनिक आबासिय महाबिध्यालय फाइनलमा पुग्न सफल भएका हो।
खेलमा सैनिकले आदिकबी भानुभक्त माबी लाई 1-0 गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ।
निर्धारित समय मा 1-1 को बराबरी भए पछि दोश्रो सेमिफाइनलमा पेनाल्टी सुटआउटमा नारायणी नमुना माबीलाई पराजित गर्दै वाल्मीकि शिक्षा सदन पनि फाइनलमा प्रबेश गरेको छ।
भरतपुर महानगरपालिका १४ न. वार्ड कार्यलय प्रबर्द्धक रहेको यो प्रतियोगितामा भरतपुर 22 वार्ड कार्यलयको पनि बिशेष सहयोग रहेको छ। प्रतियोगिताको फाइनल पौष १५ गते हुने कार्यक्रम संयोजक सुमन सापकोटाले जानकारी दिए ।
क्लबका सचिव सुमन पौडेलका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले २० हजार नगदसहित २० हजार रुपैयाँबराबरको खेलकुद सामग्री, उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँबराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
अनुशासित, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई पनि नगदसहितको पुरस्कृत गरिनेछ। प्रतियोगिता १५ पुसमा सकिनेछ।
Post Comments