News
बाल खेलाडीहरुका लागि बसन्तपुर युनाइटेड र दिवाकर स्मृतिको सहकार्य

चितवन । बसन्तपुर युनाईटेड क्लबको सहकार्यमा दिवाकर स्मृति माध्यमिक विद्यालयले माडीका प्रतिभावान एवं बिपन्न ८ जना खेलाडी विद्यार्थीहरूलाई कक्षा १० सम्म निःशुल्क पढाउने भएका छ ।
विद्यालयमा माडी क्षेत्रमा रहेका प्रतिभावान तथा विपन्न परिवारका ८ जना खेलाडी विद्यार्थीहरुलाई कक्षा १० सम्म निःशुल्क पढाउने गरी बिद्यालय र क्लबबिच सम्झौता भएको हो ।
बुधवार क्लबका अध्यक्ष नविन बस्याल र विद्यालयका प्रधानाध्यापक प्रसुन श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको क्लबका सह-कोषाध्यक्ष आशिष सुनारले बताउनुभयो ।
साथै क्लबले बिद्यालयलाई फुटबल लगायतका सामग्री र खेलाडी विद्यार्थीहरूलाई निःशुल्क खेल प्रशिक्षण प्रदान गर्ने पनि सम्झौतामा उल्लेख गरिएको विद्यालयका सहायक प्रधानाध्यापक जनकराज भुषालले जानकारी दिनुभयो ।
Post Comments