काठमाडौं । नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी चुन बहादुर थापा सेनाको प्रमुख सुबेदारमा पदोन्नती भएका छन् । दशक बढीदेखि सेना मै आवद्ध रहेर खेलाडी, प्रशिक्षक र कुशल व्यवस्थापकका रुपमा पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेका थापालाई सेनाले उनको कामको उच्च मुल्यांकन गर्दै बढुवा गरेको हो ।
एएफसी ए कोचिङ लाईसेन्स समेत प्राप्त गरिसकेका थापाले पछिल्लो समय आर्मी कै खेलकुद विभागको व्यवस्थापकका रुपमा पनि काम गर्दै आईरहेका छन् । खासगरी उनले त्रिभुवन आर्मी फुटबल क्लबको व्यवस्थापकको जिम्मेवारी पनि कुशलताका साथ सम्हाल्दै आईरहेका छन् ।
सेनाको गरिमामय पदमा पदोन्नती भएपछि चुन थापाले खुशी व्यक्त गरे । साथै उनले यो एउटा चुनौति र महत्वपुर्ण जिम्मेवारी पनि रहेको बताए । देशका लागि अझै केही गर्न आफूमा थप जिम्मेवारी थपिएको महशुस भईरहेको प्रतिक्रिया दिए । साथै उनले आफ्नो यो जिम्मेवारीलाई पनि इमान्दारिता र कुशलताका साथ निभाउने प्रतिवद्धता जनाए ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न