
हेटौडा । मकवानपुरगढी खेलकुद विकास समितिको आयोजनामा सहिद रुद्र पाख्रीन तथा बासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता हुने भएको छ । हेटौंडामा पत्रकार सम्मेलन गरि आयोजकले प्रतियोगिताबारे समेत गराएको छ ।
पुस २८ गते देखी सुरु हुने प्रतियोगिता माघ १ गते समापन हुने समितिका संयोजक हिरा (बाबु) स्याङ्तानले बताए । पालिका स्तरीय प्रतियोगिता रहेकाले १० वटै स्थानीयतह र आयोजकको थप एक वटा समूह सहित ११ वटा समूह प्रतियोगितामा रहन्छ,संयोजक स्याङ्तानले भने ।
प्रतियोगिताका विजेताले एक लाख २५ हजार प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार प्राप्त गर्ने स्याङ्तानले बताए । प्रतियोगितामा विधागत खेलाडीहरुलाई पनि पुरस्कृत गर्नेछौ र खेल लिग चरणमा हुने संयोजक स्याङ्तानले बताए ।
खेलका लागि २७ गतेभित्रमा आफ्नो टिम दर्ता गर्नुपर्ने प्रावधान रहनुका साथै दर्ता शुल्क तीन हजार लाग्ने आयोजकले जनाएको छ । खेलमा करिब ५ लाख खर्च हुनेछ र यो खेल चौथो संस्करण रहेको बताइएको छ । यस अघि क्लबद्धारा आयोजना हुने गरेको थियो । खेलकुदका लागि गाउँपालिकाले चार लाख बजेट विनियोजन गरेको आयोजकले बताएको छ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा