News
नेपाल र चीनको युथ टोलीबीच मैत्रीपूर्ण फुटबल म्याच हुने
काठमाडौं । नेपालको युथ फुटबल टोली र चीनको किंघाई युथ फुटबल टिम बीच आउँदो फेब्रुअरी १० तारीख (माघ २७ गते शनिबार) का दिन मैत्रीपूर्ण फुटबल म्याच हुने भएको छ ।
चिनिया नयाँ वर्षको अवसर पारी नेपालमा रहेको चिनीया राजदुतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा उक्त मैत्रीपूर्ण फुटबल म्याच हुन लागेको हो े ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल ओभरसिज चाइनिज एसोसिएशन सह–आयोजक रहेको उक्त मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछ । एन्फाका अनुसार खेल नेपाली समयअनुसार ३ बजेदेखि शुरु हुनेछ ।
त्यस्तै सोही अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको पनि आयोजना गरिने एन्फाले जनाएको छ । साथै दर्शकहरुका लागि सामान्यतर्फ २०० र विशिष्टतर्फ ५०० टिकट मुल्य पनि तोकिएको छ ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन