News
तेस्रो कमलाखोज गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
दुधौली । नमुना जनउत्थान क्लब, दुधोली नगरपालिका–४, सिन्धुलीको आयोजनामा यही पुस २७ गतेदेखि शुरु हुन गईरहेको तेस्रो कमलाखोज गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
डकाहा खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । पुस २७ गते हुने उद्घाटन खेलमा जनसेवी युथ क्लब, महोत्तरी र बागमती युवा क्लब, सर्लाही भिड्ने छन् । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ ५ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी र मेडल हात पार्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न