News
नेपालका फिफा रेफ्रीहरुलाई नयाँ फिफा बेज वितरण
काठमाडौं । वर्ष २०२४ का लागि फिफा रेफ्रीको सूचीमा परेका नेपालका १२ फिफा रेफ्रीहरुलाई एक कार्यक्रमका बीच फिफा बेज वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले रेफ्रीहरुलाई नयाँ बेज वितरण गरेका थिए ।
सो अवसरमा एन्फा उपाध्यक्ष दावा लामा, महासचिव किरन राई, कार्यसमिति सदस्य मणिराज बिष्ट, एन्फा सिइओ इन्द्रमान तुलाधर, रेफ्री विभाग प्रमुख गोकुल थापा र रेफ्री संघका अध्यक्ष बुद्धि गुरुङ लगायतका अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।
नयाँ बेज पाउने फिफा रेफ्रीहरुः
अन्जना राई, नबिन्द्र महर्जन, कबिन ब्यान्जनकार, प्रज्वल क्षेत्री, श्याम दनुवार
नयाँ बेज पाउने सहायक फिफा रेफ्रीहरुः
मेरिना धिमाल, ननिराम थापा मगर, माधव केसी, सहदेव श्रेष्ठ, किशन कन्हैया यादव, प्रकाश भुजेल, हरिष कार्की
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)