च्याङ्ग्रे । अरुण गाउँपालिका र पौवादुङ्मा गाउँपालिका यहाँ जारी प्रथम पौवादुङ्मा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
क्वाटरफाइनलतर्फ अरुणले दिप्रुङ चुइचुम्मा, खोटाङलाई ६–१ को फराकिलो अन्तरले हरायो । अरुणको जितमा असन राईले ह्याट्रिक गरे भने श्याम मुर्मु, शिशिर लेखी र रोमन भुजेलले एक–एक गोल गरे ।
उता पराजित दिप्रुङका लागि अन्जन हमालले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा अरुण गाउँपालिकाका श्याम मुर्मु म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै अर्को क्वाटरफाइनलमा पौवादुङ्माले ट्याम्केमैयुङ गाउँपालिकालाई ७–३ को अन्तरले हरायो । पौवादुङ्माका लागि आशाहाङ राईले ह्याट्रिक गरे । बिनु आलेले दुई गोल गरे भने निकेश राई र विश्वास राईले थप एक–एक गोल गरे ।
उता पराजित ट्याम्केमैयुङका लागि उसन राईले दुई गोल गरे भने थप एक गोल तयाहाङ राईले गरे । खेलमा पौवादुङ्माका ह्याट्रिककर्ता आशाहाङ राई म्यान अफ द म्याच घोषित भए ।
पौवादुङमा गाउँपालिका, च्याङ्ग्रे मूल आयोजक समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ९ गतेका दिन हुनेछ ।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा