
बागलुङ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसर पारी यही माघ १९ देखि २२ गतेसम्म प्रेस चौतारी कप–२०८० अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‘स्वास्थ्यका लागि खेल, खेलका खेलकुद पत्रकारिता’ भन्ने नाराका साथ बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक विद्यालयहरुका लागि यही माघ १७ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५००० तोकिएको खेल संयोजक खेमराज गौतम ‘सुवास’ ले जानकारी दिए । टिमदर्ता भने बागलु–२ स्थित आदर्श संचार सहकारी संस्था लि. को कार्यालयमा गर्न सकिनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पनि संयोजक गौतमले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।