News
पशुपति स्कूल, प्रभात स्कुल र लड बुद्ध स्कुल क्वाटर फाइनलमा

इटहरी । हिमशिखर इ. स्कूल, तरहराको आयोजनामा माघ १४ गतेदेखि संचालन भइरहेको "पाँचौ सुदेश सुब्बा स्मृति हिमशिखर कप २०८०" अन्तर विधालय प्रावि स्तरीय फूटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो दिनको खेलमा विजयी हुँदै पशुपति स्कूल, इटहरी, प्रभात स्कुल, धरान र लड बुद्ध स्कुल, रामधुनी क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
दिनको पहिलो खेलमा १ - १ गोलको बराबरी पछि टाइ-ब्रेकरमा पशुपतिले ४ - १ को अंतरले महेन्द्र मेमोरियल, दुहबीलाई पाखा लगायो। दोस्रो खेलमा म्यान अफ द म्याच एल्वीन ताम्राकारको २ गोलमा प्रभात, धरानले नडाहको स्काई स्कूललाइ २ - ० गोलले हरायो।
आजै सम्पन्न दिनको तेस्रो खेलमा निर्धारित समयमा ० - ० गोलको बराबरी पछि टाइ-ब्रेकरमा लड बुद्द, रामधुनीले बराह राइजिङ स्टार, भरौललाई २ - ४ ले हरायो । हिजो १४ गते सम्पन्न उद्घाटन खेलमा आयोजक हिमशिखर, तरहरा इटहरीको कोशी सेन्ट जेम्सलाई ० - २ गोलले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरिसकेको छ।
विधालयका संस्थापक सदस्य स्व. सुदेश सुब्बाको स्मृतीमा आयोजित प्रतियोगिताको विजेताले नगद रू.२५००० र ट्रफि तथा उपविजेताले नगद रू.१५००० र ट्रफि प्राप्त गर्नेछ। फाइनल खेल माघ १९ गतेका दिन हुनेछ ।
Post Comments