
हेटौडा । उत्कृष्ट जितका साथ न्युरोडटिम (एनआरटी) यहाँ जारी स्थानीय तह शहिद स्मृति छैठौं मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ एनआरटीले गत संस्करणको उपविजेता हिमालयन शेर्पा फुटबल क्लबमाथि शून्यका विरुद्ध ३ गोलको जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो ।
हेटौडा स्थित गौरीटार रंगशालामा भएको खेलमा एनआरटीका लागि सरोज तामाङ, रोहन खड्गी र सुमित श्रेष्ठले गोल गरे । खेलको म्यान अफ द म्याच पनि एनआरटी कै सरोज तामाङ घोषित भए ।
प्रतियोगिता अन्तर्गत माघ १८ गते बिहीबारको प्रिक्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब र एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा न्यु डाँफे फुटबल क्लब, हेटौडाको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेृछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा