News
छैठौं हिमालयन गोल्डकपको तयारी पूरा

काठमाडौं । हिमालयन स्पोर्टस एण्ड रिक्रियशनल क्लब, मलेसियाको आयोजनामा यही फेब्रुअरी १०, ११ र १२ तारीखका दिन हुन गईरहेको छैठौं हिमालयन गोल्डकपको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।
प्रतियोगितामा सहभागिता जनाउने कुल २६ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल एम्बेसी अफ नेपाल, मलेसिया र गोर्खा एफसी, मलेसिया बीच हुने आयोजकले जानकारी दियो ।
मलेसियन शहर सेलंगोर स्थित पानासोनिक स्टेडियममा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार मलेसियन रिंगिट हात पार्नेछ भने उपविजेताले १५ हजार रिंगिट हात पार्नेछ ।
त्यस्तै अन्य पाँच व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही ५००–५०० रिंगिटसहित ट्रफीको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दियो ।
हेर्नुहोस खेलतालिकाः
Post Comments