
बागमती । सशस्त्र प्रहरी एपिएफ फुटबल क्लबका महत्वपूर्ण र भरपर्दा मिडफिल्डर प्रदिप लामाले छैठौं बागमती गोल्डकपतर्फ मंगलबार (आज) हुने दोस्रो सेमिफाइनलतर्फ त्रिभुवन आर्मी विरुद्धको खेल खेल्न नपाउने भएका छन् ।
बागमती गोल्डकपतर्फ यही फागुन ४ गते एपिएफ र चर्च ब्वाईज विरुद्धको खेलमा फिफा रेफ्री श्याम दनुवारमाथि अश्लिल, अपशब्द प्रयोग र अभद्र व्यवहार गरेको भन्दै आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले प्रदिप लामालाई एन्फासँगको समन्वयमा अनुशासनको कारवाही गरेको छ ।
यो कारवाही कै कारण लामाले आर्मी विरुद्धको खेल खेल्न नपाउने भएका हुन् । स्मरण रहोस, चर्च ब्वाईज विरुद्धको खेलमा रातो कार्डको विषयलाई लिएर लामाले मध्यान्तरमा पनि रेफ्री कै चेन्जिङ रुममा गई भ्रष्टाचारको आरोप लगाउँदै गालीगलौच गरेर खेल पश्चात कुटपिट गर्ने धम्की समेत दिएको आयोजकले प्रेसविज्ञप्तीमा उल्लेख गरेको छ ।
घट्नाबारे खबर बाहिरिएसँगै र रेफ्रीले पनि उजुरी दिएपछि बागमती गोल्डकपको अनुशासन समितिले आवश्वक छानबिन समेत गरेको थियो । छानबिन पश्चात् एपिएफका प्रदिप लामा दोषी पाइएपछि उनलाई प्रतियोगिताको बाँकी खेल खेल्न नपाउने गरी अनुशासनको कारवाही गरिएको आयोजकले जनाएको छ ।
स्मरणीण् छ, आज हुने दोस्रो सेमिफाइनलतर्फ एपिएफ र आर्मी बीचको विजेताले फागुन ९ गते हुने फाइनलमा मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।
प्रेस विज्ञप्ती पनि हेर्नुहोसः
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा