News डिएफसी सेमिफाइनलमा प्रवेश
गोलनेपाल

बुद्धशान्ति । डिएफसी क्लब यहाँ जारी प्रथम अमर नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुद्धशान्ति ४ स्थित गणेश माविको खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा मोरङ्गको इस्ट स्टार्ट एफसीलाई ४–० गोलले पराजित गर्दै डिएफसी बाहुनडाँगीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा डिएफसीले सुरुवाती अग्रता बनाएको थियो । डिएफसीको जितका लागि खेलको १७ मिनेटमा पुजन राईले पहिलो गोल गरेका थिए । खेलको २०,४० र थपिएको अतिरिक्त समयमा निसान प्रधानले गरेको ह्याट्रीक गर्दै बलियो जित दर्ता गराए ।

निर्धारीत समय सम्म इस्ट स्टार्ट एफसीलागि गोल गर्न नसक्दा टिम प्रतियोगीताबाट बाहिरिएको छ । खेलको म्यान अफ दी म्याच डि एफसीका निसान प्रधान घोषित भए । उनले नगद २ हजार र ट्रफी पाए ।

Post Comments