
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका भरपर्दा गोलरक्षक किरण चेम्जोङलाई युरोपियन कम्पनीले प्रायोजन गरेको छ ।
साइप्रसमा रहेको आरजी ग्लोभ्स कम्पनीले किरणलाई दुई बर्षका लागि प्रायोजन गरेको हो । कम्पनीले किरणलाई प्रायोजन वापत वार्षिक २० जोर ग्लोभ्स प्रदान गर्नेछ । नेपाली फुटबल खेलाडीलाई व्यवसायीक रुपमै बिदेशी कम्पनीले प्रायोजन गरेको यो पहिलोपटक समेत हो ।
अनलाईनखबरमा प्रकाशित समाचार अनुसार आरजी कम्पनले आफ्नो व्यवसायलाई विश्वव्यापी रुपमा प्रवद्र्धन गरिरहेको छ र दक्षिण एसियाबाट कम्पनीले किरणलाई प्रायोजन गरेको बताइएको छ ।
भारतीय क्लब मिनर्वा पञ्जाबका लागि व्यवसायीक फुटबल खेल्ने किरणले यो प्रायोजन सम्झौतापछि नयाँ अनुभुति गरेको बताएका छन् । साथै उनले कम्पनीसँगको सहकार्य राम्रो भए नेपालका अन्य खेलाडीहरुले प्रायोजनको अवसर पाउन सक्ने बताए ।
नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर एक गोलरक्षकका रुपमा समेच चिनिएका किरणले क्लबस्तरको व्यवसायीक फुटबल नेपालबाहेक माल्दिभ्स र भारतमा समेत खेलेका छन् ।