News
प्रथम वडा अध्यक्ष कपः वडा नम्बर १ को जित
गोलबजार । यहाँ जारी प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर १ ले जित हात पारेको छ । जित हात पार्ने क्रममा वडा नम्बर १ ले वडा नम्बर ३ लाई शून्यका विरुद्ध २ गोलले हरायो ।
गोलबजार नगरपालिका–२, गुरुधाम स्थित एकिकृत खेलग्राममा भएको खेलमा वडा नम्बर १ का लागि मृगेन्द्र यादव र किशोर बलम्पाकीले गोल गरे । वडा नम्बर १ का मृगेन्द्र यादव म्यान अफ द म्याच समेत चुनिए । यो जितसँगै वार्ड नम्बर १ क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।
गोलबजार नगरपालिका, वडा नम्बर २ को कार्यालय, लालपुर, सिरहाको आयोजना तथा गोलबजार नगरपालिका, गोलबजार, सिरहाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ३० गतेका दिन हुनेछ ।
Post Comments
Related News
- एक्स्ट्रीम जितपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता असोज १० गतेदेखि
- निजगढ फुटबल क्लबका डिफेन्डर सुजित यू-१५ राष्ट्रिय फुटबल टोलीमा छनौट
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने