News राष्ट्रिय खेलाडी रोहित चन्दलाई पितृ शोक
गोलनेपाल

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रोहित चन्द तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रबिन चन्दलाई पितृ शोक परेको छ ।

चन्द दाजुभाईका पिता स्व. अर्जुन चन्दको उपचारका क्रममा निधन भएको हो । निकट स्रोतका अनुसार दिवगंत अर्जुन चन्द पछिल्लो समय अस्वस्थ थिए ।

स्व.अर्जुन चन्दप्रती श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी गोलनेपाल परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

Post Comments