News
घाइते फुटबल खेलाडी सुवासलाई फुटबल संघको सहयोग
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जम्बु, खगदल र भोटेकोशी गाउँपालिकामा यहि गत असार २४ गते बुधबार राती आएको बाढीका कारण गम्भिर घाइते भएका स्थानीय फुटबल खेलाडी सुवास तामाङलाई आर्थिक सहयोग गरिएको छ ।
सिन्धुपाल्चोक जिल्ला फुटबल संघको पहलमा घाइते खेलाडी तामाङको उपचारका लागि नगद १५ हजार रुपैयाँ सहयोग गरिएको हो । सिन्धुपाल्चोकको जिल्लास्तरीय फुटबल प्रतियोगितामा सक्रिय रहेका सुवासको उपचार हाल काठमाडौं स्थित हेम्स अस्पतालमा भईरहेको छ ।
जिल्लामा रहेका स्थानीय फुटबल खेलाडीहरुलाई आपत विपतका बेला सहयोग गर्ने आफ्नो दायित्व र जिम्मेवारीलाई पूरा गर्ने उद्देश्यले सुवासलाई सानो भए पनि आर्थिक सहयोग गरिएको सिन्धुपाल्चोक जिल्ला फुटबल संघले जनाएको छ । उक्त सहयोग रकम, घाइते खेलाडी सुवास कै परिवारजनहरुको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै