मकवानपुर । हेटौडा उपमहानगरपालिका स्थित वडा नम्बर ९ मा जिल्लाका स्थानीय बालबालिकाहरुलाई नियमित फुटबल प्रशिक्षण हुने भएको छ । त्यसका लागि आवश्यक व्यवस्था फुटबल मै आफूलाई जानकारी राख्ने स्थानीय युवा रञ्जन पौडेलले मिलाउने भएका छन् ।
पौडेलका अनुसार अहिले अधिकांश बालबालिकाहरु मोबाइल र टिभी लगायतका विद्युतीय मनोरञ्जनका साधनहरुमा मात्र झुम्मिन थालेपछि त्यसले बालबालिकाहरुको मनमस्तिष्कमा गलत प्रभाव पार्ने बताउँछन् ।
बालबालिकाहरुको यो बानीले अभिभावकहरुलाई पनि चिन्तित तुल्याउने गरेको स्मरण गर्दै पौडेलले आफू फुटबल खेलाडी नभए तापनि आफ्नो फुटबलको ज्ञान अहिलेका युवापिंढीहरुलाई बुझाउने र उनीहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ र सबल बनाउने उद्देश्य रहेको बताए ।
भाई बहिनिहरुलाई आगामी दिनमा राष्ट्रिय खेलाडी बनाउने योजनाका साथ अघी बढेको पौडेल बताउँछन । अहिले २५–३० जना खेलाडी रहेको र आगामी दिनहरुमा खेलाडी संख्या बढने पौडेलले बताए ।
साथै यो फुर्सदको समयमा आफूलाई राष्ट्रिय खेलाडीहरु सुनिल बल र अमिर श्रेष्ठले पनि सघाउने बताए । आगामी दिनमा फुटबल संघ लगायतका सस्थाहरुसँग समन्वय गरेर राम्रो प्रशिक्षक ल्याइ प्रशिक्षण दिने योजना समेत रहेको पौडेलले बताए ।
त्यस्तै खेलाडीहरुलाई खेलकुद सामाग्रीको अभाव भए पछि सहिद प्रित कुमार मोक्तान प्रतिष्ठान हेटौँडाका संयोजक हेलिस मोक्तानले ९ नम्बर वडास्तरीय युवा क्लबका सचिव रन्जन पौडेललाई खेलकुद सामग्री हस्तान्तरण गरे । सो अवसरमा मोक्तानले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्घता समेत ब्यक्त गरे ।
प्रतिष्ठानको सहयोगले खेलाडी भाईहरुलाई हौसला मिलेको रञ्जन पौडेलले बताए । साथै उनले यो सहयोगले युवा पिंढीलाई फुटबल मै लाग्न थप बल पुगेको समेत उनले बताए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा