News
न्यु इयर फुटबल क्याम्प हुँदै
काठमाडौं । अर्किड पुपिल सेकेण्डरी स्कुल र पनौती खरिबोट सकर एकेडेमीको संयुक्त आयोजनामा यही चैत २२ देखि ३० गतेसम्म ‘न्यु इयर फुटबल क्याम्प’ सञ्चालन हुने भएको छ । आउँदै गरेको नयाँ वर्षको अवसरमा बाल खेलाडीहरुलाई लक्षित गरी फुटबल क्याम्प आयोजना गर्न लागिएको हो ।
अर्किड पुपिल स्कुलको फुटबल मैदानमा हुने फुटबल क्याम्प प्रत्येक दिन ३ः३० बजेदेखि ५ः३० बजेसम्म हुनेछ । साथै प्रशिक्षार्थीहरुका लागि १९९९ प्रशिक्षण शुल्क पनि तोकिएको आयोजकले जनाएको छ । फुटबल क्याम्पमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिइने आयोजकले जानकारी दियो ।
साथै फुटबल सम्बन्धी विभिन्न महत्वपुर्ण जानकारी र अभ्यासहरु पनि गराइनेछ । त्यसवाहेक ट्रायल म्याचसँगै विभिन्न राष्ट्रिय खेलाडीहरुसँगको भेटघाट, अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिने बताइएको छ ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन