
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ बिहीबार भएका दुई खेलहरु बराबरीमा टुंगिएका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा खालीबारी एफसी र महाबीर क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
त्यस्तै बिहीबार नै भएको अर्को खेलमा सामाजिक युथ क्लब र सानेपा क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडे । सानेपाले खेलको नवौं मिनट मै सभ्रान्त डंगोलको गोलबाट शुरुवाती अग्रता बनाएर पनि त्यसलाई जोगाउन सकेन । उता सामाजिक युथका लागि ४४औं मिनटमा युगेश श्रेष्ठले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद १० लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्नेले ७ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ५ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । लिगमा कुल १४ टोलीहरुले सहभागिता जनाउँदै छन ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै