News एपिएफ पकलीलाई उपाधी
गोलनेपाल

बिराटनगर । यहाँ सम्पन्न चौथो मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधी ससश्त्र प्रहरीको एपिएफ पकलीले जितेको छ ।

फाइनलमा पेमा युवा क्लब, बिराटनगरलाई ३-१ ले हराउँदै एपिएफ विजेता बनेको हो । जुट मिल्स रंगशालामा भएको उपाधी भिडन्तमा एपिएफका लागि भरत कपाली, दिशन राई र धन बहादुर श्रेष्ठले गोल गरे । पराजित पेमाका लागि मिलन राईले एक मात्र सन्त्वना गोल फर्काए ।

विजेता बनेको एपिएफले उपाधी सहित नगद २ लाख ११ हजार १ सय हात पार्यो भने उपविजेता पेमाले १ लाख ११ हजार १ सय रुपैयाँ सहित ट्रफी, मेडल रा प्रमाणपत्रमा चित्त बुझायो ।

एपिएफका दिशन राई प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । एपिएफ कै हरि कार्कीले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । एपीएफका सुसन बिक उत्कृष्ट गोलरक्षक चुनिए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राई, आयोजक मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष बिष्णु डंगोल लगायतले पुरस्कृत गरेका थिए ।

 

Post Comments