News फुटबल खेलाडी निमेषलाई सहयोग गर्न अपिल
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । मकवानपुरको स्थानीय हुँदै स्वयम्भु क्लबबाट सी डिभिजन लिग समेत खेलिसकेका युवा खेलाडी निमेष मोक्तानलाई पारिवारिक समस्या आइपरेको छ ।

खेलाडी निमेषका अनुसार उनको पिता माधव मोक्तानको जटिल मुटुको समस्याका पुरानो मेडिकल अस्पताल, भरतपुरमा आईसीयुमा राखी उपचार भईरहेको छ । साथै उपचारमा आर्थिक समस्या देखिएपछि निमेषले फुटबलप्रेमी र शुभेच्छुकहरु सबैमा सहयोगको अपिल समेत गरेका छन् ।

आर्थिक अवस्था कमजोर रहेको र पिताको उपचार खर्चमा सबै रकम सकिएको बताउँदै निमेषले सहयोगी मनहरुबाट सहयोगको अपेक्षा गरेको बताए ।

इच्छुक सहयोगीदाताहरुले माथि उल्लेखित क्युआर कोड मा खाता नम्बरमा सहयोग गर्न सक्ने पनि निमेषले बताए । साथै सबै शुभेच्छुकहरुमा उनले अग्रिम धन्यवाद समेत दिए ।

Post Comments