
काठमाडौं (एजेन्सी) । विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध स्वीस अभियोजकहरुले कानुनी कार्यवाहीको प्रक्रिया अगाडी सारेका छन् ।
रिपोर्टअनुसार इन्फान्टिनो र स्वीस महाधिवक्ता माइकल लउबेरले गोप्य रुपमा भेटघाट गरेको आरोप लागेको छ । यद्यपि भेटघाट के का लागि हो भन्ने कुरा नुखलाइए तापनि केही सञ्चारमाध्यमहरुका अनुसार फिफामा भएको आर्थिक अनियमितता कै कुरालाई लिएर उक्त भेटघाट भएको अनुमान समेत गरिएको छ ।
यद्यपि यो आरोपलाई लिएर दुवै पक्षले अस्वीकार गरेका छन् । त्यति मात्र नभएर फिफाका अनुसार अध्यक्ष इन्फान्टिनो र फिफा स्वयम्ले यसबारे अनुसन्धानलाई लिएर सघाउने प्रतिवद्धता समेत जनाएको छ ।
स्मरण रहोस, फिफाको मुख्यालय स्वीटरल्याण्ड कै चर्चित शहर ज्युरिचमा छ । जहाँबाट विश्व फुटबलको नीतिनियमहरुबारे निर्णय लिनेदेखि लिएर अन्य काम कारवाहीहरु समेत हुने गर्दछ ।
फिफा अध्यक्ष, कानुनी विवादमा मुछिएको यो पहिलो घट्ना भने होइन । यसअघि फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर पनि विवादमा फँसेका थिए र उनी सन् २०१६ यता ६ बर्षको प्रतिवन्धमा समेत छन् ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय