News
बिर्तामोडमा आजदेखि दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल
झापाको बिर्तामोडमा आजदेखि स्व दुर्गादेवी श्रेष्ठ भेट्रान फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
उद्घाटनमा आयोजक निलो र हाम्रो इटहरी भेट्रान भिड्दै छन् । पूर्वेली युवा परिवार बिर्तामोडको आयोजनामा डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा पूर्वका आठ टोली सहभागी छन् ।
प्रतियोगितका अन्य टिमहरुमा भरौल भेट्रान्स एफसी, विराटनगर भेट्रान्स एफसी, झिलझिले भेट्रान्स एफसी, चन्द्रगढी भेट्रान्स एफसी, इलाम भेट्रान्स एफसी र आयोजक रातो रहेका छन् ।
जेठ ७ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ पाउने छ ।
संस्थाका अध्यक्ष रविन श्रेष्ठकी आमा दुर्गादेवी श्रेष्ठको स्मृतिमा क्लबले प्रतियोगिता आयोजना गरेको हो ।
Post Comments
Related News
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक