News
मनोहरा र रानीबन तथा गोलबजार र सानेपाको बराबरी
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ शुक्रबार भएका दुई खेलहरु बराबरीमा टुंगिएका छन् । मनोहरा युनाइटेड युथ क्लबले रानीबन स्पोर्टस क्लबसँग र गोलबजार स्पोर्टस क्लबले सानेपा क्लबसँग समान १–१ गोलको बराबरी खेलेका हुन् ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा मनोहराका लागि संजय श्रेष्ठले गोल गरे भने रानीबनका लागि सन्दिप सिंहले गोल गरे । यो नतिजापछि ११ खेलबाट १५ अंक जोडेको मनोहरा लिगतालिकाको छैठौं स्थानमा छ । उता रानीबन भने ८ अंकका साथ १२औं स्थानमा छ ।
त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा गोलबजारका लागि सुजन पुलामीले गोल गरे भने सानेपाका लागि निराजनजंग शाहीले गोल गरे । यो बराबरी पछि ११ खेलबाट १२ अंक जोडेको सानेपा लिगतालिकाको नवौं स्थानमा छ भने ७ अंकका साथ पुछार मै छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)