काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा सम्पन्न युथ लिग भीआर बैंक कपमा यू–१४ तर्फको उपाधि विजेता नेपालको काठमाडौं किकर्स फुटबल एकेडेमी टोलीलाई बधाइ दिएका छन् ।
बालुवाखानीस्थित स्पोर्ट्स सेन्टरमा भएको फुटसल प्रतियोगिताको उद्घाटनका अवसरमा विजेता टोलीलाई सदस्य–सचिव टंकलाल घिसिङले बधाइ दिएका हुन् ।
सो अवसरमा सदस्य–सचिव घिसिङले उमेरसमूहका खेलाडीबाट नै राष्ट्रले भविष्यका स्टार खेलाडी पाउने भएको हुँदा खेलाडीलाई खेलमा टिकाइ राख्न अनुकुल वातावरण बनाउनु पर्नेमा जोड दिए ।
स्मरण रहोस, अपारजित किकर्स टोलीले फाइनलमा एसभी सिलेन्बाकलाई २–० गोल अन्तरले पराजित गरेको थियो । टोलीको महत्वपूर्ण जितमा आर्यबीर सिंह एक्लैले दुई गोल गरेका थिए । आर्यबीर आफ्नो समूहमा सर्वाधिक गोलकर्ता समेत बनेका थिए । उनले प्रतियोगिता अवधिभर आठ गोल गरेका थिए ।
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन