News
सामाजिकको जित, साँगा र स्वयम्भु रोकिए
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ आफ्नो अन्तिम खेलमा सामाजिक युवा क्लबले रोमाञ्चक जितका साथ सिजनको समापन गरेको छ । सोमबार भएको दिनको पहिलो खेलमा सामाजिकले गोलबजार स्र्पोटस क्लबलाई २–१ ले हरायो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा सामाजिकका लागि वसन्त राना र विजय दोङले गोल गरे । उता पराजित गोलबजारका लागि भने रिवाज बस्नेतले एक मात्र गोल फर्काए ।
यो जितपछि १३ खेलबाट २२ अंक जोडेको सामाजिक लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित गोलबजार भने ७ अंकका साथ पुछारमा रहेर सिजनको समापन गरेको छ ।
सोमबार नै भएको अर्को खेलमा स्र्पोटस एकेडेमी साँगा र स्वयम्भु क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि १३ खेलबाट १६ अंक जोडेको साँगा लिगतालिकाको नवौं स्थानमा छ । १४ अंक जोडेको स्वयम्भु भने १२औं स्थानमा छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)