News
मित्र मिलन र युवा जगृती फाइनलमा भिड्ने
धरान । मित्र मिलन क्लब र युवा जागृती क्लब यहाँ जारी सुनसरी जिल्ला बी डिभिजन लिग फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन ।
धरान स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको पहिलो सेमिफाइनलतर्फ मित्र मिलनले रेड स्टार क्लबलाई ३-२ ले हरायो । खेलमा मित्र मिलनका सरोज राई प्लेयर अफ द म्याच घोषित भए ।
दोस्रो सेमिफाइनलमा युवा जागृतिले मितेरी क्लबलाई शुन्यका विरुद्ध २ गोलले हरायो । खेलमा युवा जागृतिका अदित राई प्लेयर अफ द म्याच चुनिए ।
सुनसरी जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत अब मित्र मिलन क्लब र युवा जागृती क्लबले यही जेठ ३१ गते हुने फाइनलमा उपाधिका लागि भिड्नेछन ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”