News हेमजा भेट्रान्स कप: पोखरा १० र १७ सेमिफाइनलमा
उमेश पुन

हेमजा । हेमजा भेट्रान्स कपमा पोखरा १० र १७ सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा १० ले आयोजक वडा न. २५ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमबाट कुनै पनि नतिजा नआएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा पोखरा १० ले वडा नम्बर २५ माथि ५–३ को जित निकाल्यो । खेलमा वडा नम्बर १० का गोलरक्षक बिकास गुरुङ्ग म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा पोखरा १७ ले वडा नम्बर १ लाई ३–१ ले पराजित गर्दे सेमिफाइनल प्रवेश गरेको हो । पोखरा १७ का लागि बेद बहादुर थापाले दुई गोल गरे भने थप एक गोल गम्बिर परियारले गरे । उता पराजित टोलीका लागि मिलन गुरुङ्गले एक गोल फर्काएका थिए । खेलमा वडा पोखरा १७ का बेद बहादुर थापा म्यान अफ द म्याच चुनिए ।

हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा जारी प्रतियोगिताको प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । फाइनल खेल यही असार ७ गतेका दिन हुनेछ ।

Post Comments